हङकङमा आगलागीमा ज्यान गुमाउनेको संख्या कम्तीमा ९४ जना पुग्यो

हङकङ । हङकङको ताइपोमा रहेको अपार्टमेन्टमा अस्ति बुधबार लागेको आगलागीमा अहिलेसम्म कम्तीमा ९४ जनाको ज्यान गएको पुष्टि भएको छ । आगलागीमा ७६ जना घाइते भएका र झन्डै तीन सय जना भन्दा धेरै मानिसहरु हराइरहेका बीबीसीले जनाएको छ ।

आगो सातवटा टावरमा फैलिएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको सरकारी निकायले दाबी गरेको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । आगलागी भएको घरमा झन्डै चार हजार ६ सय जना मानिस बसेका थिए ।

आगो कसरी शुरू भयो भन्ने बारेमा अझै स्पष्ट भएको छैन । घटनासँग सम्बन्धित तीन वटा निर्माण कम्पनीका कर्मचारीहरुलाई त्यहाँको प्रहरीले पक्राउ गरेको खबरमा उल्लेख छ ।