काठमाण्डाै । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।
शेरचनलाई नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) को टोलीले बिजुलीबजारमा रहेको बैंककाे प्रधान कार्यालयबाट पक्राउ गरेको हो । राष्ट्र बैंकको प्रतिवेदनसमेतका आधारमा बैंकिङ कसूरमा उनलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
सीआईबीले गएको कात्तिक २२ गते बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
यसअघि सीआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि बैंकिङ कसूरमा पक्राउ गरेको थियो । उनी भने हाजिर जमानीमा रिहा भएका छन् ।