काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ ।
देउवा निवास महाराजगञ्जमा हिजो दुई नेताबीच भेटवार्ता भएकाे हाे । भेटमा ओली–पत्नी राधिका शाक्य र देउवा–पत्नी आरजु राणा पनि सहभागी हुनुहुन्थ्याे ।
गएकाे भदाै २३ र २४ गते भएकाे नवयुवा आन्दाेलनपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच पहिलाे पटक भेटवार्ता भएकाे हाे । दुई नेताहरूबीच पछिल्लो राजनीतिक, समसामयिक विषयमा छलफल भएको छ ।