मोरङमा १२ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डाै । मोरङमा १२ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–२ की १२ वर्षीया बालिकाको हत्या गरेको आरोपमा लेटाङ नगरपालिका–२ कै ५८ वर्षीय पदमबहादुर अधिकारी पक्राउ परेका हुन् ।

गएको असोज २१ गते हराएकी बालिकाको शव कात्तिक ७ समुदायिक वनभित्र फेला परेको थियो । पदमबहादुरले ती बालिकालाई विभिन्न प्रलोभन देखाइ घरबाट झन्डै साढे ४ किलोमिटर पर बेलबारी चिसाङ सामुदायिक वन जङ्गलभित्र लगि विभत्स हत्या गरेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको सीआईबीका सह–प्रवक्ता एवम् प्रहरी उपरीषक निरञ्जन दत्त भट्टले बताउनुभयो ।