काठमाण्डाै । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष नाथसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनारविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले एकआपसमा मिलेमतो गरी निर्माण नै नगरेको जग्गामा घर छ भनी नक्सा अभिलेखीकरण तथा घर प्रमाणित गर्ने लगायतका गलत कागजात तयार पार्न लगाउने काम गरेको पाइएपछि मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।