
सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका–६, नयाँचोकस्थित एक युवक मृत अवस्थामा फेला परेका छन्।

मंगलबार बिहान करिब १०:३० बजे रतुवामाई नगरपालिका–५ बस्ने करिब २५ वर्षीय सागर ताजपुरिया मृत भेटिएको इलाका प्रहरी कार्यालय झपडतलले जानकारी दिएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक जुगल चौधरीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीको कमाण्डमा फरेन्सिक (SOCO) टोली पनि परिचालन गरिएको थियो।
प्रहरीका अनुसार मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको छ।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको छ।