सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत

विराटनगर

  1. साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीबीए र बीएचएम कार्यक्रमका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्न आज कलेज परिसरमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. सन्देश दास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

 

प्रमुख अतिथि प्रा.डा. श्रेष्ठले विद्यार्थीलाई अध्ययनमा अनुशासन, सीप विकास र व्यवहारिक ज्ञानमा जोड दिन आग्रह गर्दै पर्यटन तथा आतिथ्य व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सास्थम कलेजको भूमिका महत्वपूर्ण रहेको बताए। वक्ताहरूले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै पूर्वाञ्चल क्षेत्रमै होटल व्यवस्थापन अध्ययनमा अग्रणी संस्थाको रूपमा पहिचान बनाएको उल्लेख गरे।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गायन तथा मनोरञ्जनात्मक प्रस्तुतीमार्फत नवप्रवेशीलाई स्वागत गरेका थिए।

क्याम्पस प्रमुख विनय केसीका अनुसार शैक्षिक सत्र २०२५ मा विभिन्न तहमा उल्लेख्य संख्यामा विद्यार्थी भर्ना भएका छन्। बीएचएमतर्फ २२औँ ब्याचमा १४४, बीबीएतर्फ १७औँ ब्याचमा ९६ तथा एमबीएतर्फ तेस्रो ब्याचमा ३३ जना विद्यार्थी अध्ययनरत छन्। यसै वर्षदेखि कलेजले एमएचएचएम कार्यक्रम पनि सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा सास्थम कलेजका प्रवन्ध निर्देशक रोशन बहादुर थापा, क्याम्पस प्रमुख विनय केसी, प्रशासन प्रमुख राजेश गुरुङ, बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेश, बीबीए कार्यक्रम निर्देशक केशव भण्डारी, प्लस टु को–अर्डिनेटर सुशिल खनाल, क्याम्पस व्यवस्थापक महेश्वर सिंहलगायतको उपस्थिति रहेको थियो। अन्त्यमा नवप्रवेशी विद्यार्थीलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरिएको थियो।