बिराटनगर
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ मा घोषित चुनाव सम्पन्न गर्न सम्पूर्ण शक्ति लगाउन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेका छन्।
लामिछानेले आफ्नो पार्टी सम्पूर्ण रूपले चुनावमा होमिएको जानकारी पनि दिएका थिए।
उनले समानुपातिक सूची लगभग टुंग्याइसकेको जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको भेटमा सहभागी एक राप्रपा नेताले जानकारी दिए।
प्रधानमन्त्री कार्कीलाई भेट्न आइतबार साँझ ८ बजे बालुवाटार पुगेका सभापति लामिछानेसहितको टोलीले दुई घन्टाभन्दा लामो समयसम्म छलफल गरेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति ८ बजेदेखि छलफल भएको हो।
सभापति लामिछानेसँगै डिपी अर्याल, स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, सोबिता गौतमलगायतका नेताहरू पनि छलफलमा थिए। छन्।
सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि शुक्रबार रिहा भएका थिए। उनी थुनामुक्त भएपछि पहिलो पटक प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका हुन्।
भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि थिए।