विराटनगर
![]()
मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि सुरु हुने विराट ट्रेड एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले स्टल, पार्किङ र अन्य भौतिक संरचनाको निर्माण सम्पन्न भएको जानकारी दिएका हुन्।
पुस १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब २ लाख दर्शकको सहभागिता रहने र २५ देखि ३० करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ। एक्स्पोमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका उत्पादन तथा सेवाहरू प्रदर्शनीमा राखिनेछन्।
स्टार्टअप, सूचना प्रविधि, महिला उद्यमशीलता, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रका विशेष स्टलहरू रहने आयोजकले जनाएको छ। साथै हरेक साँझ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। सेल्फी जोन, किड्स जोन र फिस–मर्मेड टनेल एक्स्पोका प्रमुख आकर्षण हुन्।