जोग्बनी नो मेन्स लेन्डमा डा. कुल्दिप झाको ७५औँ सहादत दिवस भव्य रूपमा सम्पन्न भएको छl

विराटनगर

नेपाल–भारत सीमा क्षेत्रको जोग्बनीस्थित नो मेन्स लेन्डमा शहीद डा. कुल्दिप झाको ७५औँ सहादत दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाल र भारतका राजनीतिक, सामाजिक तथा बुद्धिजीवी व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।समारोहका प्रमुख अतिथि भारतको अररिया क्षेत्रका सांसद प्रदीप सिंहले डा. कुल्दिप झाको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै शहीदहरूको बलिदानकै कारण समाज स्वतन्त्रता र न्यायको मार्गमा अघि बढेको बताए। कार्यक्रमको अध्यक्षता नरपतगञ्जकी विधायक देवन्ती यादवले गरेकी थिइन्।कार्यक्रममा नगर अध्यक्ष रानी देवी, भाजपा नेता नवीन झा तथा नेपाली काँग्रेस कोशी प्रदेश संगठन विभागका सदस्यलगायतले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका आदर्शलाई अघि बढाउने संकल्प व्यक्त गरे।