विराट ट्रेड एक्स्पोमा आज पर्यटन व्यवसाय र सम्भावना विषयमा छलफल

विराटनगर । हरेक दिन थिमेटिक सेसन संचालन हुंदै आएको विराट ट्रेड एक्स्पोमा आज पर्यटन विकास र यसको सम्भावनाबारे छलफल हुँदैछ ।

एक्सपोमा अर्थ र वाणिज्यसंग  सम्बन्धित विविध विषयमा हरेक दिन थिमेटिक सेसन संचालन भइरहेको छ ।

आज आइतबार पर्यटनसँग सम्बन्धित तीनवटा सेसन संचालन हुने कार्यक्रम संयोजक अनिल शारडाले जानकारी दिएका छन् ।
पहिलो सेसनमा नेपाल टुरिजम बोर्डका सिईओ दिपक जोशीको प्रस्तुति रहने छ ।

प्रादेशिक पर्यटन सम्भावनाको विषयमा पर्यटन व्यवसायी भविष श्रेष्ठको प्रस्तुति रहने छ । यसपछि कोसी पर्यटन वर्ष २०८२ को विषयमा छलफल केन्द्रित हुनेछ ।

कार्यक्रमको सहजीकरण कृष्ण साहले गर्नेछन् ।

प्यानलमा कोशी पर्यटन मन्त्रालयका सचिव इन्द्र प्रसाद सापकोटा, होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ, बंगाल टुराजम उधोगका अध्यक्ष विश्वजीत साह र टुरिजम बोर्डका निर्देशक रोहिणी खनाल रहेका छन् ।

संयोजक शारडाका अनुसार छलफल बिहान ११ बजे एक्सपो स्थलमा शुरु हुने छ ।