आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

बिराटनगर  – गुरुङ समुदायले आज तमु ल्होसार पर्व भव्य रूपमा मनाउँदैछन्। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागतका रूपमा मनाइने यस पर्वमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
सूर्यको किरणसँग सम्बन्धित तमु ल्होसार गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, कास्की, तनहुँलगायत जिल्लामा पुस महिनामा मनाइन्छ। पुस १५ पछिका दिन लामो हुँदै जाने भएकाले पनि यस पर्वको विशेष महत्त्व रहेको छ।
यस अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ, जहाँ परम्परागत भेषभूषा, सांस्कृतिक प्रस्तुति र गुरुङ समुदायका परिकारहरूको प्रदर्शनी भइरहेको छ