अमेरिका । अमेरिकी खर्बपति एलन मस्कको एआई कम्पनीले अश्लील तस्वीर बनाएको भन्दै एक महिलाले मुद्दा दायर गरेकी छिन् । एक्सएआईको च्याटबाट ग्रोकले महिलाको सहमति बिना डीपफेक तस्वीर बनाएको आरोप लागेको बीबीसीले जनाएको छ ।
मुद्दामा क्षतिपूर्ति र जूरी ट्रायलको माग गरिएको छ, तर एक्सएआईले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । एक्सएआई कम्पनीको एआई च्याटबाट ग्रोकले आफ्नो अश्लील डीपफेक तस्वीर बनाएको भन्दै एश्ले सेन्ट क्लेयरले न्यूयोर्कमा मुद्दा दायर गर्नुभएको हो ।
ग्रोकले वास्तविक व्यक्तिलाई डिजिटल रूपमा अपमानित गर्ने र यौन शोषण गर्ने कार्य गर्ने गरेको क्लेयरले आरोप लगाउनुभएको छ । आफूले सहमति नदिएको सार्वजनिक रूपमा जानकारी गराउँदा समेत ग्रोकले त्यस्ता तस्वीरहरू बनाउन नरोकेको उहाँको भनाइ छ ।
एलन मस्कले भने ग्रोकले नाबालकको तस्वीर बनाएको कुरा आफूलाई जानकारी नभएको दाबी गर्नुभएको खबरमा उल्लेख छ ।