विराटनगर । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजीनामा दिएसँगै उपमेयर सुनिता डङ्गोल कार्यवाहक मेयर बन्नुभएको छ ।
संविधानको धारा, ११६ को उपधारा, ८ मा मेयरले उपमेयरसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । मेयरले उपमेयर र उपमेयरले मेयर समक्ष लिखित राजीनामा दिएमा, पदावधि समाप्त भएमा पद रिक्त हुने व्यवस्था यो धारामा छ ।
शाहले पदबाट राजीनामा दिएपछि सुनिता डङ्गोलले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै हिजो नगर कार्यपालिका बैठक आह्वान गरी मेयर शाहले पदबाट राजीनामा दिएको जानकारी गराउनुभयो ।
बैठकमा कार्यवाहक मेयर डङ्गोलले मेयर शाहले आफ्नो कार्यकालमा महानगरको विकास, सुशासन लगायतका क्षेत्रमा गरेको कामको धन्यवाद व्यक्त गर्नुभयो ।