विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन्।
मंगलबार अपराह्न कार्यकर्ताहरूको ठूलो समूहसहित निर्वाचन कार्यालय पुगेका कोइरालाले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि पनि कोइराला यही क्षेत्रबाट निर्वाचित भएका थिए। पछिल्लो निर्वाचनमा उनले एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए। यस पटक भने मोरङ–६ मा एमालेका विनोद ढकालसँग उनको प्रतिस्पर्धा हुने भएको छ।