चुनावका बेला सेनाले ४ वटा मुकाम बनाएर हवाई गस्ती गर्ने

विराटनगर ।  नेपाली सेनाले यस पटक चुनावलाई लक्षित गरेर हवाई गस्तीका लागि देशका चार वटा ठाउँमा सुरक्षा बेस स्थापना गर्ने भएको छ । चुनावका बेला सेनाले आफ्ना हवाई साधनहरू सुर्खेत, पोखरा, काठमाण्डाै, विराटनगर र इटहरीमा तैनाथ गर्ने भएको हो । त्यहाँ रहेका हेलिकोप्टरहरू आवश्यक परेको ठाउँमा जानेछन् ।

चुनावका लागि तय भएको एकीकृत सुरक्षा योजनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै ७८ हजारभन्दा धेरै सैनिक चुनावको सुरक्षामा खटिने उल्लेख छ ।

मतदानका दिन हरेक मतदान केन्द्रमा सुरक्षाको तेस्रो घेरामा सेना रहनेछ ।