झापा। लागूऔषध मुद्दामा कैद र जरिवानाको फैसला भएर फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टाका ३० वर्षीय राजेश राजवंशी रहेका छन्। जिल्ला अदालत झापाले २०७८ फागुन १८ गते उनलाई लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
फैसला भएदेखि नै फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले लुकिछिपी बसिरहेको अवस्थामा आफ्नै घरबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ।