सिरहामा गोली लागेर एक जनाको ज्यान गयो

विराटनगर ।  सिरहामा गोली लागेर एक जनाको ज्यान गएको छ । नचिनेको मानिसको समूहले गोली चलाउँदा लाहानका ४० वर्षीय प्रेमनाथ यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहा नगरपालिका–७ मैनावती खोला छेउमा आज दिउँसो यादवमाथि गोली लागेको हो ।  घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।