भद्रपुर। झापाको भद्रपुर नगरपालिका ८ भद्रपुर बिमानस्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १९ गते साँझ बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ-२ की २६ वर्षीया रोशनी बुढाले लुकाई छिपाई राखेको १४४ ग्राम ४०० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।
पक्राउ परेको बुढाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भई रहेको छ ।