भारत र अमेरिकाबीचको व्यापार सम्झौताको औपचारिक घोषणा

विराटनगर । भारत र अमेरिकाबीचको अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा भएको छ । दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौताको औपचारिक घोषणा गरेका हुन् ।

२ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका थिए । त्यससँगै भारतविरुद्ध लगाइएको ५० प्रतिशत ट्यारिफ९आयात शुल्क० घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका थिए ।

व्यापार सम्झौताबारे विस्तृत जानकारी सार्वजनिक गरिएको थिएन । तर, अहिले संयुक्त वक्तव्य जारी भएका हुन् ।

भारतका वाणिज्य मन्त्री पीयूष गोयलले एक्समार्फत वक्तव्य जारी गर्दै यो सम्झौताले भारतीय निर्यातकर्ताहरूहरू ३० ट्रिलियन डलर (झन्डै ४३३ खर्ब बढी नेपाली रुपैयाँ)को बजार खोल्ने बताएका छन् ।

सम्झौताअनुसार अमेरिकाले भारतबाट आउने उत्पादनमा लगाइने ‘रेसिप्रोकल ट्यारिफ’ घटाउने जनाएको छ । यस कटौतीपछि भारतीय सामानमा ट्यारिफ दर १८ प्रतिशत कायम रहनेछ ।