सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर एक जनाको मृत्य

विराटनगर / मोरङ जिल्लाको विराटनगर महानगरपालिका–८ मा रहेको सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार, रंगेली नगरपालिका–६ का ३५ वर्षीय मनोज यादवको जेठ २२ गते दिउँसो सवा ३ बजे करेन्ट लागेर मृत्यु भएको हो। विराटनगर–८ स्थित कमलदेव यादवले सञ्चालन गर्दै आएको चार्जिङ सेन्टरमा सिटी रिक्सा चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान अघि बढाएको जनाएको छ।