बालेन्द्र शाहको घरमा चोरी गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डाै महानगरपालिका–१६ का मनिष राजवहाक, सिन्धपुाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–६ घर भई काठमाण्डाै–३१ बस्ने खिमबहादुर खड्का र डोटीको दिपायल सिलगढी–६ घर भई धादिङकाे धुनिबेँसी नगरपालिका–७ बस्ने सञ्जय श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

परिसरका एसएसपी रमेश थापाका अनुसार राजवहाक नवयुवा आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी हुन् । उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप, सुनका गरगहना, सीसी क्यामेरालगायत सामान बरामद गरेको प्रहरीले जनाएको छ ।