विराटनगर ।
जनता समाजवादी पार्टी (जसपा) वडा कमिटी–१७ द्वारा आयोजित वडा भे

लामा मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार राजकुमार यादवप्रति जनलहर बढ्दै गएको देखिएको छ ।
भेलामा ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।
भेलामा सहभागी वक्ताहरूले यादवलाई जनतासँग नजिक रहेको, क्षेत्रका समस्या बुझ्ने र समाधानका लागि प्रतिबद्ध नेता भएको बताएका छन् ।
आगामी प्रतिनिधि सभा निर्वाचनमा उहाँको उम्मेदवारीले क्षेत्रको विकास र जनताको आवाज सशक्त हुने विश्वास व्यक्त गरिएको छ ।
वडा भेलाका क्रममा सहभागीहरूले राजकुमार यादवलाई आगामी निर्वाचनमा साथ र समर्थन रहने प्रतिबद्धता जनाएका छन् ।
यसले मोरङ–५ अन्तर्गत विराटनगर महानगरपालिका वडा नम्बर १७ मा यादवप्रतिको जनसमर्थन थप मजबुत बन्दै गएको संकेत गरेको छ ।