६० लाख लुटपाटको आरोपमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

विराटनगर। सस्तो दरमा सुन दिने प्रलोभन देखाई ६० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले एक हवल्दारसहित चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर सुनार समेत रहेको कार्यालयका एसएसपी सन्तोष खड्काले बताए।

गिरोहले ‘सस्तोमा सुन दिन्छौं’ भन्दै पीडितलाई रकमसहित बोलाएको र पछि आफूहरू सीआईबीको प्रहरी भएको डर देखाएर ६० लाख रुपैयाँ लुटेको अनुसन्धानबाट खुलेको छ।

एसएसपी खड्काका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।