‘भ्वाइस अफ नेपाल’ सिजन-७ को उपाधि शनिबार नीताकुमारी थापा मगरले जितिन् । प्रतियोगिताको इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन् । उनी कोच गायक राजु लामाको टिममा रहेकी थिइन् ।
आफ्नो टिममा रहेकी नीताले विजेता बनेकामा दंग रहेका गायक लामाले यो खुसी नीताको मात्र नभएर सबै नेपाली चेलीको रहेको प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘यो जित मेरो चेली निता थापाको मगरको मात्र होइन, सम्पूर्ण नेपाली चेलीको हो । यो जित, यो माया, यो साथ र हजुरहरूको सपोर्टको लागि हृदयदेखि नमन गर्दछु ।’ उनले आफु, आफ्नो चेली, टिम सबै दर्शकको माया र आशीर्वादको लागि सधैंभरि ऋणी रहने बताएका छन् ।