
विराटनगर । जनरल फेडेरेसन अफ नेपालिज ट्रेड युनियन, गैरसरकारी संस्था नेपाल महासंघ, दिगो विकास इन्स्तिच्युट र फाईत इन(इकुयालिति अलाइन्सका प्रतिनिधित्वमा आवद्ध संस्थाहरूको संयुक्त पहलमा विराटनगरमा राइजफर अभियानअन्तर्गत सार्वजनिक सेवा सुनिश्चितताको माग गर्दै एकजुट र्याली तथा अन्तरक्रियात्मक कार्यशाला सम्पन्न भएको थियो ।

र्यालीमा ट्रेड युनियन, साना किसान, महिला समूह, युवा र अधिकारकर्र्मीहरूको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले “सबैका लागि सार्वजनिक सेवा” को माग गर्दै भुमिप्रशासन चोकबाट सुरु भई ट्राफिक चोक हुँदै हनुमान मन्दिरसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा“सबैका लागी सार्वजनिक सेवा, धनीमाथी कर रअवैधपुर्ण ऋण खारेज” को माग गर्ने नारासहित प्लेकार्ड बोकेर र नारा लगाएर अभियानमा आवाज उठाईरहेका थिए ।
र्यालीपछि आयोजित कार्यशालामा सहभागीहरुले “सबैका लागि सार्वजनिक सेवाकिन आवश्यक छ?”भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गरेका थिए । मानव अधिकार, श्रमिक अधिकार, वातावरणीय न्यायर समानताको सवालमा काम गर्दै आएका युवा, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि र स्थानीय अगुवाहरूको उपस्थिति उल््लेखनीय थियो ।
संस्थाका प्रतिनिधिहरुले भने, “यो केवल एक दिनको कार्यक्रम होइन, यो विद्यमान प्रणालीविरुद्धको आन्दोलन हो । हामी सत्य, आवाज र शक्तिलागि उठेका छौं — यस्तो न्याय प्रणालीको लागिजसले नाफाभन्दा मानिसलाई प्राथमिकता दिन्छ ।”
कार्यक्रम काठमाण्डौ, पोखरा र विराटनगर गरी तीन सहरमा गरिएको हो । प्रधानमन्त्री केपीशर्मा ओली र विश्वभरका नेतृत्वकर्ताहरु स्पेनको सेविलमा जुन ३० देखि जुलाई ३ सम्म आयोजना हुने चौथो अन्तर्राष्ट्रिय सम्मेलन फाईन्यान्सिङ फर डिभेलोपमेन्टमा भेला हुँदैछन । यो अवसरमा विश्व दक्षिणका आवाजहरू सुन्नैपर्छ भन्ने मागसहित यो अभियान नेपालको काठमाण्डौ, पोखरा र विराटनगर गरी तीन सहरमासञ्चालन गरिएको हो ।
यो अभियानले संकटपछिको न्यायपूर्ण पुनःस्थापनाको माग गर्दै सरकार र वित्तीय संस्थाहरूलाई उत्तरदायी बनाउने लक्ष्य राखेको छ । एशिया र विश्वभरका आन्दोलनहरूसँग ऐक्यबद्धता प्रकट गर्दै, विराटनगरले समानता, गरिमा र न्यायमा आधारित अर्र्काे सम्भव संसारका लागि दृढता प्रकट गरेको छ ।