फेरि पक्राउ परे दुर्गा प्रसाईं

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।  सोमबार  साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका हुन् ।

निर्वाचन आयोगको पत्रका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

यसअघि नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा गत माघ १९ गते प्रसाईंलाई पक्राउ गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशन अनुरुप माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए ।