एभरेष्ट स्कुलको अनुकरणीय उपलब्धि: सबै विद्यार्थी एसइइमा सफल, भव्य अभिनन्दन कार्यक्रम सम्पन्न”

विराटनगर ।  विराटनगरमा रहेको एभरेष्ट बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्तिर्ण हुने १ सय ७१ जना विद्यार्थी र उनीहरूका अभिभावकहरूलाई अभिनन्दन गरेको छ ।

विद्यालयले आपना सफल विद्यार्थीहरूको उपलब्धिलाई सम्मान गर्दै उनीहरूका अभिभावकहरूलाई पनि धन्यवाद ज्ञापन गरेको हो । विद्यालयका दुई जना विद्यार्थी प्रेम खतिवडा र ति गोयलले पूर्ण ४० जीपीए हासिल गर्न सफल भएका छन् । कुल १७१ जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएकोमा सबै उत्तिर्ण हुन सफल भएको विद्यालयले जनाएको छ । ति मध्ये १३३ जना विद्यार्थीले ३६१ देखि ४० सम्मको उच्च जीपीए प्राप्त गरेका छन् भने बाँकी ३८ जना विद्यार्थीले ३२१ देखि ३६० सम्मको जीपीए हासिल गरेका छन् ।

अभिनन्दन कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले विगत तीन वर्षदेखि एसइइमा उत्तिर्ण हुने विद्यार्थी र अभिभावकहरूलाई अभिनन्दन कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो । उहाले यस वर्षको एसइइमा दुई जना विद्यार्थीहरूले ४ जीपीए ल्याएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि परिणाम कमजोर नहुने र एभरेष्टले आफ्नो ब्रान्डलाई कायम राखेर अगाडि बढ्ने बताउनुभयो । जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्‌तौलाले एइइमा उत्तिर्ण हुने सबै विद्यार्थीहरूलाई सफलताको शुभकामना दिन भएको थियोlन गर्न सक्छु।