१३ पक्की पुल बने, यातायात पहुँच सहज हुने अपेक्षा

भोजपुर सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न क्षेत्रमा प्रदेश सरकारमार्फत १३ वटा पक्की तथा १७ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार जिल्लाका विभिन्न खोलामा करोडौँ रुपैयाँ लागतमा पक्की पुल निर्माण सम्पन्न गरिएको हो । उनका अनुसार पिखुवा खोलामा सात करोड ५० लाख, आरी खोलामा तीन करोड, वेहेरे खोलामा तीन करोड ५० लाख, खाल्डे पिखुवा खोलामा दुई करोड ५० लाख, राउते खोलामा तीन करोड ५० लाख, कावा खोलामा सात करोड ५० लाख तथा श्याम खोलामा तीन करोड ४२ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण सम्पन्न भएका छन् । यसैगरी बङ्खुवा खोलामा दुई करोड २५ लाख, गङ्खुवा खोलामा चार करोड ५० लाख, सिक्तेल खोलामा चार करोड, एखुवा खोलामा छ करोड ६० लाख र चिरखुवा खोलामा पाँच करोड ६३ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण गरिएको कार्यालयले जनाएको छ ।  त्यस्तै तामुटार क्षेत्रमा छ करोड ३५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।