काठमाडौं । नेपाली बजारमा सोमबार सुन तथा चाँदी दुवै धातुको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार चाँदी प्रतितोला १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।