बुढीगंगा। नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नो चुनावी प्रचार अभियानलाई तीव्र बनाउँदै बुधबार बुढीगंगा क्षेत्रमा दुई स्थानमा कोणसभा आयोजना गर्ने भएका छन्। उनको निजी सचिवालयका अनुसार आजका कार्यक्रमहरू मतदाता भेटघाट तथा चुनावी सभामा केन्द्रित रहनेछन्। निर्धारित कार्यक्रमअनुसार बिहान ९स्३० बजे बुढीगंगा–५ को हात्तीचोकमा पहिलो कोणसभा आयोजना गरिनेछ। उक्त कार्यक्रमको समन्वय गुलाबचन्द चौधरीले गर्ने जानकारी दिइएको छ। त्यसैगरी, बिहान १०स्३० बजे बुढीगंगा–६ को कोयलपुरमा दोस्रो कोणसभा तय गरिएको छ। यस कार्यक्रमका सम्पर्क व्यक्तिका रूपमा दिलिप चौधरी रहेका छन्। पछिल्ला दिनहरूमा डा। कोइरालाले विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेण्डा प्रस्तुत गर्दै आएका छन्। स्थानीय विकास, रोजगारी सिर्जना तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै उनले जनसमर्थन विस्तार गर्ने अभियानलाई तीव्रता दिएका छन्।
