काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार देउवा बुधबार सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ गएका हुन् । उनीसँगै केही सहयोगीहरू पनि सिंगापुर गएको बताइएको छ । पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि देउवा केही समययता सक्रिय राजनीतिबाट टाढा रहँदै आएका थिए ।