काठमाडौं । काठमाडौं जिल्लाका १० वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को जित सुनिश्चितजस्तै देखिएको छ। हालसम्म सार्वजनिक अन्तिम परिणामअनुसार ९ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् भने काठमाडौं–२ मा पनि रास्वपाका उम्मेदवार स्पष्ट अग्रतामा रहेका छन्।
सार्वजनिक नतिजाअनुसार काठमाडौं–१ बाट रञ्जु न्यौपाने ९दर्शना० निर्वाचित भएकी छन्। काठमाडौं–२ मा रास्वपाका सुनिल केसी ले नेपाली कांग्रेसका उम्मेदवार कविर शर्मा भन्दा झन्डै १९ हजार मतले अग्रता कायम गरेका छन्, जसका कारण उनको जित लगभग निश्चित मानिएको छ।
त्यसैगरी काठमाडौं–३ मा राजुनाथ पाण्डे र काठमाडौं–४ मा पुकार बम विजयी भएका छन्। काठमाडौं–५ मा सस्मित पोखरेल तथा काठमाडौं–६ मा शिशिर खनाल ले पनि विजय हासिल गरेका छन्। यस्तै काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डोलप्रसाद अर्याल र काठमाडौं–१० मा प्रदीप विष्ट निर्वाचित भइसकेका छन्।
यससँगै काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गर्ने अवस्था देखिएको छ।