झापा–१ : निशा डाँगी (रास्वपा) ले अगाडि, प्रतिद्वन्द्वी पछिपछि

झापा क्षेत्र नं १ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा रास्वपा की उम्मेदवार निशा डाँगी अग्रस्थानमा रहनु भएको छ। अहिलेसम्म उनले १,५९१ मत प्राप्त गरेकी छन्। उनको नजिकको प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका केवलराम राई ७७५ मतसहित दोस्रो स्थानमा छन्।

अन्य दलका उम्मेदवारहरूको स्थिति यस प्रकार छस् नेपाली कांग्रेसका केशवराज पाण्डे ५७० मत, नेकपा एमालेका रामचन्द्र उप्रेती ४०७ मत, राप्रपाका हेमराज कार्की ११३ मत र नेकपाका अशेष घिमिरे ४० मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–१ मा कुल १,३१,०६७ मतदाता रहेकोमा अहिलेसम्म ७६,७७४ मत खसेको छ। प्रारम्भिक परिणामले रास्वपाको दबदबा स्पष्ट देखाएको छ, र अन्तिम नतिजा अझ केही समयमा सार्वजनिक हुने अपेक्षा गरिएको छ।