कांग्रेस अग्रस्थानमा, श्रम संस्कृति पार्टी इलाम–१ मा पछ्याउँदै

काठमाडौं । इलाम–१ निर्वाचन क्षेत्रमा मतगणना प्रक्रिया जारी छ। हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेस ले अग्रस्थान कायम राखेको छ। कांग्रेसका उम्मेदवार निश्कल राई ले १०,८४९ मत प्राप्त गरी पहिलो स्थानमा रहेका छन्। श्रम संस्कृति पार्टी का उम्मेदवार विनोद नेम्बाङ लिम्बू हाल १०,६५१ मत सहित दोस्रो स्थानमा छन्। त्यस्तै, नेकपा एमाले का उम्मेदवार काजीमान कागते ९,९९८ मत लिएर तेस्रो स्थानमा रहेका छन्। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उम्मेदवार विमल गदाल ६,७५८ मत सहित चौथो स्थानमा छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउँदा स्थिति फेरबदल हुन सक्ने सम्भावना रहेको छ।