काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये केवल वर्षमान पुन मात्र विजयी भएका छन्। अन्य चार पूर्वअर्थमन्त्री भने निर्वाचनमा पराजित भएका छन्। रुपन्देही–२ बाट उम्मेदवार बनेका विष्णुप्रसाद पौडेल पराजित भए। यस क्षेत्रमा सुलभ खरेल विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार खरेलले ५६ हजार ५५० मत पाएका छन् भने पौडेलले १२ हजार ८६१ मत मात्र प्राप्त गरे।
त्यस्तै, रुकुम पश्चिमबाट उम्मेदवार बनेका जनार्दन शर्मा पनि पराजित भए। उनले १४ हजार ३४६ मत पाएका छन् र तेस्रो स्थानमा रहे। उक्त क्षेत्रमा गोपाल शर्मा २१ हजार ६०१ मतसहित विजयी भएका हुन्। सुनसरी–४ बाट उम्मेदवारी दिएका ज्ञानेन्द्रबहादुर कार्की पनि पराजित भए। यहाँ दीपककुमार साह विजयी भएका छन्। साहले ४२ हजार ७७१ मत प्राप्त गरे भने कार्कीले १६ हजार ५८७ मत पाएका छन्। यस निर्वाचनले केही पुराना र प्रभावशाली नेताहरूलाई पराजित गर्दै नयाँ अनुहारहरूलाई प्रतिनिधि सभामा प्रवेश गराएको देखाएको छ।