काठमाडौँ । पछिल्ला दिनमा काठमाडौँमा वायु प्रदूषणको स्तर बढेको देखिएको छ। मंगलबार दिउँसो १ बजेको मापनअनुसार काठमाडौँ विश्वका वायु प्रदूषण बढी भएका सहरहरूको सूचीमा दोस्रो स्थानमा छ। वातावरण विभागका अनुसार उपत्यकामा वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको छ। धुम्म वातावरण र हावाको कम बहावले प्रदूषित हावा बाहिरिन सकेको छैन। एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार मंगलबार दिउँसो काठमाडौँको औसत AQI १९५ पुगेको छ, जसलाई ‘अति अस्वस्थकर’ मानिन्छ। उपत्यकामा लाजिम्पाट क्षेत्र सबैभन्दा बढी प्रदूषित छ, जहाँ AQI २२६ देखिएको छ। रानीबारी १९६ र क्षेत्रपाटी १८८ AQI छन्। उपत्यका बाहिर मध्यपश्चिमको वीरेन्द्रनगरमा AQI २३२, सुदूरपश्चिमको धनगढीमा २०९ छ।
स्वीस मुख्यालयको अन्तर्राष्ट्रिय संस्था क्ष्त्तब्ष्च अनुसार, प्रदूषित सहरको सूचीमा भारतको दिल्ली २४७ AQI को साथ शीर्षमा छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यी सबै सहर ‘अति अस्वस्थकर’ मानिन्छन्। त्रिवि जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार नेपालमा वर्षा भए पनि कतिपय क्षेत्रमा वायु प्रदूषण अझै अस्वस्थकर छ। उनले सामाजिक सञ्जालमा भनेका छन्, “हावा कम चलेको र भारतबाट आएको प्रदूषणले उपत्यकामा बाहिरिन सकेको छैन। हावा चल्ने र वर्षा भए मात्र हावा सफा हुन्छ।” पोखरेलका अनुसार आगामी बिहीबारदेखि मौसम परिवर्तन र वर्षासँगै वायु गुणस्तरमा सुधार आउने सम्भावना छ। हिउँदमा नेपालमा वायु प्रदूषण धेरै खराब हुन्छ। सवारीसाधन, इँटा भट्टा, उद्योग र भारतबाट आएको प्रदूषण, साथै वनजंगलमा सल्केका डढेलोले हावा अझै प्रदूषित बनाउँछ।
वायुमा पीएम २।५ को मात्रा प्रतिघनमिटर ५० भन्दा तल भएमा स्वस्थकर मानिन्छ। ५०–१०० सामान्य, १००–१५० बालबालिका र रोगीका लागि अस्वस्थकर, १५०–२०० सबैका लागि अस्वस्थकर, र २०० भन्दा बढी अत्यन्तै अस्वस्थकर मानिन्छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वार्षिक औसत ५ माइक्रोग्रामरघनमिटरभन्दा बढी हुनुहुँदैन। तर नेपालको हावा यस मापदण्डभन्दा झन्डै ८।५ गुणा बढी प्रदूषित देखिएको छ। सन् २०१९ को तथ्यांक अनुसार, नेपालमा वायु प्रदूषणका कारण वार्षिक ४२ हजार जनाको ज्यान गएको अनुमान छ। प्रदूषित हावा स्वास्थ्यका लागि अत्यधिक जोखिमपूर्ण रहेको विज्ञहरूले बताएका छन्।