रास्वपाका वरिष्ठ नेता बालेन नेतृत्वमा कस्तो सरकार बन्दैछ ?

बिराटनगर / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको समीकरण स्पष्ट बन्दै गएको छ। हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले ५१ लाखभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थानमा कायम छ।

समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको भने त्यसपछि क्रमशः नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा समानुपातिकतर्फ पनि अत्यधिक मतसहित अघि बढेपछि प्रतिनिधिसभामा एकल दुईतिहाइ बहुमत नजिक पुगेको देखिएको छ। यससँगै रास्वपा नेतृत्वमा सरकार गठन हुने सम्भावना प्रबल बन्दै गएको छ।

निर्वाचन परिणामपछि रास्वपा सभापति रवि लामिछाने वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) काठमाडौंमै रहेर आन्तरिक छलफलमा जुटिरहेका छन्। पार्टी स्रोतका अनुसार दुवै नेताबीच सरकार गठन आगामी रणनीतिबारे निरन्तर संवाद भइरहेको छ।

यसअघि पुस १३ गते नै लामिछाने शाहबीच भएको सहमतिअनुसार प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने समझदारी बनेको थियो। रास्वपाका एक निर्वाचित सांसदका अनुसार सो सहमतिअनुसार नै बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र कुनै मतभेद छैन।

यद्यपि बालेन नेतृत्वको मन्त्रिपरिषद् कस्तो हुने भन्ने विषयमा भने औपचारिक छलफल सुरु भएको छैन। पार्टीका नेताहरूका अनुसार मन्त्री चयनमा व्यक्तिगतलबिइङभन्दा पनि क्षमता, विज्ञता मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने योग्यतालाई प्राथमिकता दिइनेछ।