बिराटनगर
समानुपातिकतर्फ हालसम्म एक करोड सात लाख ३२ हजार ९३२ मतहरू गणना भइसकेका छन् । प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै आइसकेको छ ।
यसअघि राष्ट्रिय दल बनेका र थ्रेसहोल्ड कटाएका मधेशवादी दलहरू यसपल्ट निकै पछि परेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले एक लाख ७४ हजार ३१४ मत पाएको छ ।
त्यस्तै जनमत पार्टीले ७८ हजार ९५३ मत ल्याएको छ । जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७ मत पाएको छ ।
तराई–मधेश केन्द्रित विभिन्न दलहरूले गठबन्धन गरेर निर्वाचनमा प्रतिष्पर्धा गरेको एकल चिन्ह चकिया (जाँतो) ले समानुपातिकतर्फ ६१ हजार ५३३, नेपाल कजदुर किसान पार्टीले ४२ हजार २३५ मत पाएका छन् ।
राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३१ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाको पक्षमा २९ हजार ४३६ मत खसेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले समानुपातिकतर्फ २३ हजार ८९१ मत ल्याएको छ ।
