बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले वृद्धि भएको हो। आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार भने सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम गरिएको थियो। सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थिर रहेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ५ हजार ४१० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन करिब ५ हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य करिब ८९ अमेरिकी डलर प्रतिऔंस रहेको छ।