ओली परिवारमा पितृशोक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो। अस्पताल स्रोतका अनुसार केही समयदेखि अस्वस्थ रहेका मोहनप्रसाद ओली उपचाररत थिए। स्वर्गीय ओलीको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। आजै काठमाडौँको पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।