२४ घण्टाभित्र इजरायलले इरानका २०० भन्दा बढी स्थानमा हवाई हमला

जेरुसेलम । इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका २०० भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको छ। यस आक्रमणले इजरायल–इरानबीचको तनाव बढाउने र क्षेत्रीय सुरक्षा संवेदनशील बनाउने अनुमान गरिएको छ। आइएएफका अनुसार दर्जनौँ लडाकु विमानले ‘रोअर अफ द लायन’ अभियान अन्तर्गत तीव्र हवाई आक्रमण सञ्चालन गरेका थिए। आक्रमणमा ब्यालिस्टिक मिसाइल प्रक्षेपण प्रणाली, हवाई प्रतिरक्षा प्रणाली र युद्धका लागि प्रयोग हुने उत्पादन स्थलहरू लक्षित गरिएका थिए।

इजरायली सेनाले इरानी ‘तालिबान’ नामक आणविक प्रोजेक्ट परिसर नष्ट गरिएको जानकारी दिएको छ। यसैबीच, लेबनान मोर्चामा पनि हिजबुल्लाहसँग सम्बन्धित १०० भन्दा बढी लडाकु मारिएका छन्। ‘रादवान फोर्स’ का ६० भन्दा बढी कमान्ड तथा नियन्त्रण केन्द्रहरू ध्वस्त पारिएका छन्।प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका नयाँ सर्वोच्च नेता आयोतल्लाह मोजताबा खामेनीलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले आतङ्ककारी समूहहरू विरुद्ध आवश्यक परे भविष्यमा पनि कारबाही जारी राख्ने संकेत दिएका छन्।

आइडिएफका अनुसार पछिल्ला घटनाले इजरायल, इरान र मध्यपूर्व क्षेत्रको रणनीतिक सन्तुलनमा परिवर्तन ल्याउने सम्भावना छ।