काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि महसुस गर्न थालिएको छ। केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि सर्वसाधारणले कठिनाइ भोग्नुपरेको छ।यस परिस्थितिमा, नेपाल आयल निगमले आजबाट बजारमा आधा सिलिन्डर (७.१ किलो) ग्यास वितरण सुरु गरेको छ। धेरैले एकैपटक ठूलो परिमाणमा माग गरेपछि आपूर्ति धान्न नसक्ने अवस्था देखिएपछि निगमले शुक्रबारदेखि मात्र आधा सिलिन्डर ग्यास उपलब्ध गराउन थालेको हो।


