वर्षासँगै काठमाडौंमा हावाहुरी र मेघगर्जन

काठमाडौं । देशका केही स्थानमा आइतबार मध्याह्न १२स्२० बजे पानी परिरहेको छ। काठमाडौंमा पनि वर्षा सुरु भइसकेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। विभागले जानकारी दिएको छ कि आज वर्षा पश्चिमी भूभागबाट सुरु भएको हो र यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ।

विभागले आगामी केही दिनसम्म पनि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना रहेको जनाएको छ। साथै, उच्च पहाडी र नदी किनारका स्थानमा सतर्कता अपनाउन स्थानीय प्रशासनलाई पनि निर्देशन दिइएको छ।

यसैबीच, काठमाडौंसहित तराई–मधेशका केही स्थानमा हल्का वर्षासँगै समय–समयमा मेघगर्जन र हावाहुरीको गतिविधि देखिएको छ।