काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ। बैठक केहीबेरअघि सुरू भएको बताइएको छ।पार्टी सभापति रवि लामिछाने स्वास्थ्य अवस्थाका कारण बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका छन्। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक उम्मेदवारको सिफारिस तथा वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे छलफल हुने जानकारी छ।समानुपातिकतर्फ प्राप्त मतका आधारमा पार्टीले ५७ सिट पाउने अनुमान गरिएको छ भने प्रत्यक्षतर्फ १२५ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद रहनेछन्। निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूको सूची आजसम्म बुझाउन समय तोकेको छ।