१ चैत, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की भक्तपुरको गुण्डुस्थित पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा पुगेर समवेदना दिएकी छन्। प्रधानमन्त्री कार्की केहीबेरअघि श्रीमान्सहित ओली निवास पुगेकी बताइएको छ। ओलीका बुबा मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो। यसैबीच, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि आजै ओलीलाई समवेदना दिन गुण्डु पुगेकी थिइन्।