श्रम संस्कृतिले तोकेको समानुपातिक सांसद को–को भए?

१ चैत, सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंग्याएको छ। धरानमा आज बसेको केन्द्रीय समिति बैठकले टुंगो लागेका चार सांसदको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए।

समानुपातिक सांसदमा पार्टीले आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू ९पुरुष०, मधेशी क्लस्टरबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्य क्लस्टरबाट सुनसरीकी अम्बिकादेवी संग्रौला, र दलित क्लस्टरबाट सुर्खेतकी राधिका रम्तेल ९सार्की० को नाम टुंगो लगाएको हो। आदिवासीबाट छनोटमा परेका लिम्बू ब्रिटिस गोर्खा भूपु सैनिकका क्याप्टेन हुन्। उनीसँगै पार्टी अध्यक्ष साम्पाङले आइतबार बिहानै एक कार्यक्रममार्फत सार्वजनिक गरेका थिए। धनुषाकी ठाकुर जेनजी हुन्। पार्टीले जेनजी समूहलाई समावेश गर्ने उद्देश्यअनुसार मधेशी महिला क्लस्टरबाट उनको नाम समावेश गरेको अध्यक्ष साम्पाङले बताए।

समानुपातिकतर्फ पार्टीमा महिला कार्यकर्ताहरू सांसद बन्ने आकांक्षी बढी देखिएपछि सिट मिलाउन कठिन भएको थियो। आदिवासी महिला क्लस्टरमा मकवानपुरकी मन्दिरा मोक्तान, काठमाडौंकी आशा लामा र सुनसरीकी समला राईको नाम पनि चर्चा भएको थियो। पुरुष क्लस्टरमा भने खसआर्यबाट अपाङ्गता ९दृष्टि सम्बन्धी० भएका मोरङका जीवन विष्टसँग सहमति मिलाएपछि क्याप्टेन लिम्बूको नाम टुंगो लागेको थियो।

पार्टीले निर्वाचन आयोगको निर्देश अनुसार क्लस्टर मिलाउने प्रयास गर्दा समानुपातिक सिट सीमित र सांसद बन्ने आकांक्षी धेरै भएपछि अन्तिम सूची तयार पार्न अध्यक्ष साम्पाङलाई केही चुनौती भएको बताइएको छ।