कांग्रेसबाट १५ महिला र ५ पुरुष समानुपातिक सांसद बन्दै, आयोगमा पठाइयो नाम

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले पाएको २० सिटमध्ये १५ जना महिला र ५ जना पुरुषको नाम आयोगमा पठाउने निर्णय गरिएको हो।