बिराटनगर। आयल निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नेपालमा पनि आयल निगमले मूल्य समायोजन गरेको हो । पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ । अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि भएको हाे ।

