रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापतिरवि लामिछानेमाथि लागेको सहकारी ठगीसँग सम्बन्धित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग फिर्ता लिने निर्णयविरुद्ध दायर निवेदनमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त निवेदन न्यायाधीशद्वय क्सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइमा रहेको छ। आइतबार र सोमबार दुवै पक्षका कानुन व्यवसायीबीच भएको बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो। त्यसपछि आज पुनः सुनुवाइका लागि इजलासमा प्रस्तुत गरिन लागेको हो।

यसअघि गत पुस ३० गते सविता भण्डारी ले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन मुद्दामध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। महान्यायाधिवक्ताको उक्त निर्देशनपछि सो निर्णयको कानुनी वैधताबारे बहस सुरु भएको हो। उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता म्ष्लभकज त्चष्उबतजष्, कानुनका विद्यार्थी आयुष बडाल तथा युवराज पौडेल सफलले सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दायर गरेका हुन्। उनीहरूले महान्यायाधिवक्ताको निर्देशनले न्यायिक प्रक्रियामा असर पार्ने भएकाले उक्त निर्णय बदर गरिनुपर्ने माग गरेका छन्।

सर्वोच्च अदालतमा जारी सुनुवाइपछि लामिछानेसम्बन्धी मुद्दामा महान्यायाधिवक्ता कार्यालयले दिएको निर्देशन यथावत् रहने वा नरहने भन्ने विषयमा अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ। अदालतको आदेशले यस प्रकरणको आगामी कानुनी प्रक्रियाको दिशा पनि निर्धारण गर्ने बताइएको छ।